बिहेका लागि ब्युटीपार्लरमा शृङ्गार गर्दै थिइन् बेहुली, काल बनेर आइपुग्यो पूर्वप्रेमी

एजेन्सी । बिहेका लागि शृङ्गार गरिरहेकी बेहुलीका लागि आफ्नै पूर्वप्रेमी काल बनेका छन् । बिहेकै दिन ती युवती पूर्वप्रेमीबाट मारिएकी हुन् । भारतको उत्तर प्रदेश राज्यको झांसीमा उक्त घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश राज्यको दतिया जिल्लाको सोनागिरि थाना क्षेत्र अन्तर्गत बरगाउँ निवासी २२ वर्षीय काजलको बिहे झांसीका राज नाम गरेका युवकसँग तय भएको थियो ।
झांसीकै निशा गार्डनमा वैवाहिक समारोह चल्दै थियो भने नातेदारहरू आउने क्रम सुरु भइसकेको थियो । जन्ती आउनुभन्दा केही अघि काजल बेहुलीको शृङ्गारका लागि बहिनी र केही साथीसँग ब्युटीपार्लर गएकी थिइन् । शृङ्गार अन्तिम चरणमा पुग्दै गर्दा ब्युटीपार्लरमा एक युवक फिल्मशैलीमा आइपुगे ।
ती युवकले काजललाई बाहिर बोलाए तर उनी गइनन् । त्यसपछि युवकले उनीमाथि गोली प्रहार गरे । काजललाई तत्कालै अस्पताल लगियो । काजललाई चिकित्सकले मृत घोषणा गरे ।
गोली प्रहार गर्ने युवक काजलकै पूर्वप्रेमी रहेको बताइएको छ । काजलकी बहिनी नेहाले भनिन्, ‘दिदी तयार हुँदै थिइ, यत्तिकैमा त्यो केटा आएर दिदीलाई बोलायो । दिदी बाहिर जान मानिन । सिसा फुटाएर भित्र पस्दै उसले दिदीलाई गोली हान्यो ।’
नेहाका अनुसार गोली हान्ने युवक उनीहरूकै गाउँ निवासी हो, जसको नाम दिपक हो । प्रहरीले गोली हानेर फरार भएका युवकको खोजी सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
एक साताभित्र जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न निर्देशन
-
चलाउनु हुँदैन संविधानका चार खुट्टा
-
ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह