बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

फोनलाई चार्जमा राख्दा तपाईं पनि गर्नु हुन्छ कि यस्ता गल्ती ?

सोमबार, १० असार २०८१, १७ : ००
सोमबार, १० असार २०८१

काठमाडौँ । तपाईं भएको ठाउँमा आएर कसैले स्मार्टफोन गलत तरिकाले चार्ज गरिरहनु भएको छ भनेर भन्यो भने तपाईं के भन्नु हुन्छ ? सुरुमा त तपाईँलाई यो मसँग जिस्किएको होला भन्ने लाग्दो हो । मैले स्मार्टफोन चलाउन थालेको यतिका वर्ष भइसक्यो फोन कसरी चार्ज गर्ने भनेर सिकाउने यो को हो ? भन्ने सोच पनि तपाईँको मनमा आउन सक्छ ।

तर समस्या के छ भने हामीमध्ये धेरैलाई स्मार्टफोन चार्ज गर्ने  सही तरिका नै थाहा छैन । अहिले स्मार्टफोनमा धेरै क्षमताको ब्याट्री र अनि फास्ट चार्जिङ छ । तर चार्जमा राख्दाखेरिका हाम्रा केही बानीले फोन र ब्याट्री दुबैलाई क्षति पुर्यारहेको छ । आजको यस लेखमा हामी ब्याट्री र फोन दुबै लामो समयसम्म टिकाउन मद्दत गर्ने केही बानीबारे कुराकानी गर्नेछौँ ।

असली चार्जरको प्रयोगः फोनलाई चार्जमा राख्दा फोनको साथमा आएको चार्जरको मात्रै प्रयोग गर्नुस् । ओरिजिनल चार्जर बिग्रिएको छ भने पनि सोही ब्रान्डको असली चार्जर किन्नुस् । बजारमा पाइने जस्तो सुकै चार्जर किनेर प्रयोग गर्नु खतरनाक हुन सक्छ ।

धेरै चार्ज नगर्नेः मोबाइल फोन धेरै चार्ज गर्ने बानी छ भने यसबाट बच्नुस् । हरेक पटक फोनलाई चार्जमा राख्दा ८० देखि ९० प्रतिशतसम्म मात्र चार्ज गर्नुस् ।

फास्ट चार्जिङबाट बच्नेः फास्ट चार्जिङले ब्याट्रीको जीवन नष्ट गर्छ । फोन चार्ज गर्न तपाई २० वाट सम्मको चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।

तातोबाट मोबाइललाई बचाउनेः मोबाइललाई तातो ठाउँमा वा प्रत्यक्ष घाममा राख्नु हुन्न । अत्यधिक गर्मीले फोनको ब्याट्री फुल्न सक्छ र यो बिग्रन पनि सक्छ ।

चार्जिङ केबलको ख्याल राख्नुस्: फोन चार्जमा राख्दा अरूको चार्जर प्रयोग नगर्नुस् । सधैँ ओरिजिनल वा फोन किन्दा साथमै आउने चार्जिङ केबल मात्रै प्रयोग गर्नुस् ।

ओछ्यानमा नराख्ने: फोनलाई चार्जमा राख्दा ओछ्यान वा सोफा राख्नु हुन्छ । यी ठाउँमा फोन चार्जमा राख्दा फोन तात्न सक्छ । यो फोनको ब्याट्रीको स्वास्थ्यका लागि राम्रो हुँदैन ।

रातभरि चार्जमा नराख्ने: हामीमध्ये धेरैको बानी हुन्छ कि मोबाइल चलायो चलायो अनि ब्याट्री निल बनाएर रातभरि चार्जमा राखिदियो । यस्तो गर्दा ब्याट्री ओभरभार्ज हुन्छ र फोन तातेर बिग्रन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप