बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीको भावी अध्यक्षका लागि माधव र झलनाथ तीव्र दौडधुपमा, के गर्लान् घनश्याम ?

मङ्गलबार, ११ असार २०८१, ०९ : ४७
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशनमा अध्यक्षका प्रमुख दाबेदार देखिएका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गतिविधि तीव्र पारेका छन् । एमालेसँग विद्रोह गरेको ३४ महिनामा एकीकृत समाजवादीले असार (१६–२०) सम्म काठमाडौँमा महाविधेशन गर्दैछ ।

भावी नेतृत्वलाई लिएर पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल र खनालले अघोषित रुपमा प्रस्तिपर्धाको तयारी गरेका हुन् । अध्यक्षमा महासचिव घनश्याम भुसालको पनि चर्चा छ । तर एमालेबाट विद्रोह गरेपछि पुनर्गठन भएको पार्टी ‘सिमेन्टेड’ नभएको अवस्थामा भुसाल नेतृत्वमा आउने सम्भावना नभएको नेपाल–खनाल पक्षीय नेताहरू बताउँछन् ।

तथापि महाधिवेशनको माहोलमा नेताहरूले विभिन्न पदमा आकाङ्क्षा राख्नु र सोही अनुसार लविङ गर्नु, नेता तथा कार्यकर्ताहरूसँग सम्बन्ध बढाउनुलाई स्वाभाविक भएको उनीहरूको तर्क छ । स्रोतका अनुसार खनाल र भुसालसहित यसअघि नेपाल टिममा रहेका केही नेताबिच एउटै टिम बनाएर जाने विषयमा पटकपटक छलफल भएको छ ।  

एमालेको नवौँ महाधिवेशनपछि नेतृत्वमा आएका केपी ओलीमा दक्षिणपन्थी अवसरवाद हावी भएको आरोप लगाउँदै २०७८ भदौ २ गते नेपालको नेतृत्वमा विद्रोह भएको थियो । पार्टीको मार्गदर्शक सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशालाई लिएर एकीकृत समाजवादीभित्र खासगरी नेपाल र खनालबिच मतभेद छ ।

अध्यक्षपछि महत्त्वपूर्ण पद मानिएको महासचिव पदमा पनि धेरै नेताले आकाङ्क्षा राखेका छन् । भावी महासचिवमा उपमहासचिवद्वय प्रकाश ज्वाला, जगन्नाथ खतिवडा लगायतको चर्चा चलेको छ । उनीहरूले सोही अनुसार आ–आफ्नै ढङ्गले गतिविधि बढाएका छन् ।

नेपाल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज) त्याग्न नहुने पक्षमा छन् । जबज पुँजीवादी व्यवस्थाकै विकसित प्रक्रिया भएकाले यसको औचित्य समाप्त भएको खनालको निष्कर्ष छ । पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि समाजवादी क्रान्तिको आधार तय गर्न आफ्नो नेतृत्व आवश्यक भएको खनालको तर्क छ । उनी सकेसम्म सहमतिमा नेतृत्व गर्ने, नभए चुनावी प्रतिस्पर्धामा भाग लिने अडानमा छन् ।

अध्यक्षपछि महत्त्वपूर्ण पद मानिएको महासचिव पदमा पनि धेरै नेताले आकाङ्क्षा राखेका छन् । भावी महासचिवमा उपमहासचिवद्वय प्रकाश ज्वाला, जगन्नाथ खतिवडा लगायतको चर्चा चलेको छ । उनीहरूले सोही अनुसार आ–आफ्नै ढङ्गले गतिविधि बढाएका छन् ।

अध्यक्षमा सहमति नभए प्रतिस्पर्धा हुने सम्भावना पनि त्यतिकै छ ।  यद्यपि सहमतिमै नेतृत्व चयनका लागि नेपाल–खनाल, खनाल–भुसालबिच धौडधुप बढेको छ । तीनै जना नेतालाई मिलाउन दोस्रो र तेस्रो तहका नेताहरूले पनि पहल गरिरहेको बुझिएको छ ।

आइतबार मात्रै अध्यक्ष नेपाल र खनालबिच गोप्य भेटवार्ता भएको थियो । होटेल बसेरामा भएको भेटमा सहमतिबाटै नेतृत्व टुङ्ग्याउन खनालसमक्ष नेपालले प्रस्ताव गरे पनि खनालले केही जवाफ नदिएको स्रोत बताउँछ । तथापि महाधिवेशनको सँघारमा नेताहरूबिच भेटवार्ता हुनु स्वाभाविक भएको उपाध्यक्ष प्रमेश हमालले बताए ।

‘महाधिवेशनको सँघारमा नेताहरूबिच कुराकानी हुनु स्वाभाविक हो । महाधिवेशन एकतावद्ध र सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित कुराकानी भएको छ’, उनले भने ।

पार्टीले नयाँ कार्यसमिति २१ जना पदाधिकारीसहित १९९ सदस्यीय प्रस्तावित विधान महाधिवेशनले पारित गर्नेछ । नयाँ पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, ४ उपमहासचिव र ७ जना सचिव महाधिवेशनले चयन गर्ने छ । साथै सहमतिमै राजनीतिक र साङ्गठनिक दस्तावेज लैजाने नेताहरूले बताएका छन् ।

यता खनाल र महासचिव भुसालबिच सहमतिमै नेतृत्व छनोट गर्ने विषयमा पटकपटक भेटवार्ता भएको बुझिएको छ । बिहीबार खनाल निवास डल्लुमा दुई नेताबिच तीन घण्टा लामो छलफल भएको थियो । समाजवादी कार्यदिशासम्बन्धी विचारको संश्लेषण गर्दै सहमतिमै नेतृत्व छनोट गर्ने विषयमा छलफल भएको एक नेताले बताए । ती नेताका अनुसार भुसालसहित पदाधिकारीका ठुलै टिमले विचार र नेतृत्वमा सहमति गरेर जाने विषयमा छलफल गरेको थियो । त्यसयता खनाल र भुसाल लगायत केही पदाधिकारीबिच तीन पटक भेटवार्ता भइसकेको ती नेताले बताए ।

‘टिमलाई कसरी सुदृढ बनाएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । दुई जनामध्ये एकलाई नेतृत्वमा ल्याउने विषयमा पनि कुराकानी भइरहेको छ । अहिलेसम्म भुसालमात्र होइन, पदाधिकारीका अन्य नेता पनि छन् । जसको नीति उसकै नेतृत्व हुनुपर्छ भन्नेमा सबैको जोड छ,’ उनले भने, ‘थप कसरी अगाडि बढ्ने भन्ने विषयमा भुसाल गृहजिल्लाबाट फर्किएपछि टुङ्गो लाग्छ होला ।’

पार्टीले नयाँ कार्यसमिति २१ जना पदाधिकारीसहित १९९ सदस्यीय प्रस्तावित विधान महाधिवेशनले पारित गर्नेछ । नयाँ पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, ४ उपमहासचिव र ७ जना सचिव महाधिवेशनले चयन गर्ने छ । साथै सहमतिमै राजनीतिक र साङ्गठनिक दस्तावेज लैजाने नेताहरूले बताएका छन् ।

सहमतिमा नेतृत्व छान्नुपर्नेमा नेताहरूको जोड

प्रस्तावित विधानलाई केही संशोधनका लागि एकीकृत समाजवादीले असार १२ गते सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार महाधिवेशनको अन्तिम दिनसम्म पनि सहमतिबाटै नेतृत्व छनोट प्रयास रहनेछ ।

पछिल्लो समय निष्क्रिय जस्तै देखिएकी सचिव रामकुमारी झाँक्रीले कुन पदमा उम्मेदवारी दिने भन्नेबारे अहिले नै केही नसोचेको बताइन् । सहमतिमै नेतृत्व चयन भए राम्रो हुने उनको भनाइ छ । तथापि त्यो वातावरण बन्छ कि बन्दैन भनेर अहिले नै भन्न नसकिने उनले बताइन् ।

‘महाधिवेशनमा कसले कुन पद लिने भनेर छलफल भएको छैन । सर्वसम्मत रूपमै नेतृत्व छनोट गर्नेछौँ । सहमतिको प्रयास अन्तिम बिन्दुसम्म जारी रहने छ । सहमति भएन भने विकल्पहरू छन् । जे–जसरी भए पनि विधि र प्रक्रिया अनुसार नेतृत्व छान्छौँ’, श्रेष्ठले भने ।

पछिल्लो समय निष्क्रिय जस्तै देखिएकी सचिव रामकुमारी झाँक्रीले कुन पदमा उम्मेदवारी दिने भन्नेबारे अहिले नै केही नसोचेको बताइन् । सहमतिमै नेतृत्व चयन भए राम्रो हुने उनको भनाइ छ । तथापि त्यो वातावरण बन्छ कि बन्दैन भनेर अहिले नै भन्न नसकिने उनले बताइन् ।

‘सहमतिमै नेतृत्व चयन होस् भन्ने मेरो चाहना हो । त्यो हुन्छ वा हुँदैन अहिले भन्ने अवस्था छैन’, उनले भनिन्, ‘अहिले कुन पदमा उम्मेदवारी दिनेबारे मैले केही सोचेको छैन । महाधिवेशन बन्दसत्रभित्रै सोचौँला ।’

पूर्वमन्त्री तथा नेता मेटमणि चौधरीले पनि सहमतिको विकल्प नभएको बताए । चौधरीका अनुसार अध्यक्ष र महासचिव सहमतिमै टुङ्गिने तथा अन्य पदमा मतदान हुन सक्ने सम्भावना छ ।   

‘अध्यक्ष र महासचिव सहमतिमै टुङ्गिन्छ । मतदानमा गए धेरै फरक पर्छ । मतदानमा जाँदा अध्यक्ष र महासचिवको नोमिनेसन एकमात्र बनाउने प्रयास जारी रहन्छ । बाँकी पदमा प्रतिस्पर्धा हुन सक्छ’, उनले भने ।

महाधिवेशनका लागि अहिले देशभरिबाट १ हजार आठ सय प्रतिनिधि छानिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । पौने तीन लाख पार्टी सदस्य रहेको दाबी गरेको उसले १ सय ५० सदस्य बराबर एक प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशनमा दुई करोड खर्च अनुमान

महाधिवेशनमा करिब दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हल व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, खानपान, प्रचारप्रसार, स्टेसनरी लगायत विविध शीर्षकमा खर्च हुनेछ । महाधिवेशनमा आउने प्रत्येक प्रतिनिधिलाई एक हजार शुल्क तोकिएको छ । आयोजक कमिटी सदस्यलाई पाँच हजार शुल्क तोकिएको छ । प्रतिनिधिबाट १८ लाख र आयोजक कमिटीबाट सोही बराबर रकम जम्मा हुने अनुमान सचिव श्रेष्ठले गरेका छन् ।

प्रतिनिधिलाई खानापानको व्यवस्था आयोजकले गर्नेछ । बासस्थानको व्यवस्था उनीहरू आफैँले गर्नुपर्नेछ । उद्घाटनसत्रदेखि बन्दसत्रसम्म एक जनाको भागमा करिब दश हजार खर्च हुने अनुमान गरिएको छ । बजेटको स्रोत व्यवस्थापन पार्टी सदस्यहरूले तिर्ने लेबी, शुभेच्छुक, समर्थकबाट प्राप्त हुने श्रेष्ठले बताए ।  

एकीकृत समाजवादीले महाधिवेशन व्यवस्थापनका लागि १३ वटा समिति बनाएको छ । महाधिवेशन मूल समितिको संयोजकमा अध्यक्ष नेपाल छन् । अतिथि सत्कार समितिको संयोजकमा खनाललाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि व्यवस्थापन समितिमा बेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार–प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिइएको सचिव श्रेष्ठले जानकारी दिए ।

आवास व्यवस्थापन समितिमा सावित्रा भुसाल, खाद्य व्यवस्थापनमा केदार सञ्जेल, मञ्च व्यवस्थापनमा गंगालाल तुलाधर, स्वयंसेवक परिचालनमा केशवबहादुर विष्ट र सचिवालय व्यवस्थापनमा घनश्याम भुसाल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप