बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘यो मन त मेरो नेपाली हो’को सकियो छायाङ्कन

मङ्गलबार, ११ असार २०८१, १० : ४२
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सकिएको छ । सोमबार चलचित्र विकास कम्पनी बालाजुमा ‘आँखै रसिलो’ गीतको छायाङ्कनसँगै फिल्म सकिएको हो ।

दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा अस्मिता अधिकारी र सविन सुवेदीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रोशन श्रेष्ठ र आयुषा समालसँगै ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहको अभिनय तथा नृत्य छ ।

अमेरिकामा समेत छायाङ्कन भएको फिल्म झापा, इलाम भारतको सिकिम, दार्जलिङ, जयगाउँ, पश्चिम् बंगाल लगायतको ठाउँमा छायाङ्कन भएको छ । फिल्ममा नेपालको अलावा भारत ,मलेसिया ,पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिका लगायतका देशका अभिनय छ ।

साहित्यकार मित्र प्रधान ( नर ) को निर्देशन रहेको फिल्म ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । फिल्ममा  रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा बनेको फिल्म शिवं अधिकारीको लेखनका हुन् । 

72e7bb98-5d79-48df-8788-ac5f65c35d20 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप