बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

करण जौहरले लिए कफी विथ करणबाट ‘ब्रेक’

मङ्गलबार, ११ असार २०८१, ११ : ५१
मङ्गलबार, ११ असार २०८१

नयाँ दिल्ली ।  बलिउडका चर्चित निर्देशक करण जौहरको टक शो ‘कफी विथ करण’को नयाँ सिजन यस वर्ष नआउने भएको छ । करणको यो शोमा बलिउडमा व्याप्त नेपोटिजमदेखि अधिकांश अभिनेता अभिनेत्रीहरूको लभ लाइफ र अन्य कयौँ किस्सा सुन्न पाइन्थ्यो ।

करण आफैँले पनि शोको पछिल्लो सिजनमा आफूलाई मजा नआएको बताएका थिए । कुनै बेला सेलिब्रेटीहरू करणको शोमा आएर बिन्दास बोल्थे । तर अहिले यसरी बोल्न कम भएको भन्दै करणले आफ्नो शो हेरेर आफैंलाई झुप्प निद्रा लाग्न थालेको बताएका थिए । शोलाई नयाँ तरिकाले प्रस्तुत गर्न एक वर्षको ब्रेक लिन लागेको बताइएको छ ।

शोको नवौँ सिजन आगामी वर्षको उत्तरार्द्धमा आउने छ । सुचारिता त्यागीसँगको एक अन्तरवार्तामा करणले शोको पछिल्लो सिजन कफी विथ करणको र्यापिड फायर इतिहासको सबैभन्दा दिक्क लाग्दो भएको बताएका थिए । शो हेरेर आफैँ माथि ‘म यो के गरिरहेछु ?’ भनेर प्रश्न सोधेको पनि उनले बताएका थिए । उनले शो नयाँ तरिकामा ल्याउने योजना बनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप