एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन् । उनले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए ।
अध्यक्ष नेपालले आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरू गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताए । उनले आफूहरूले आत्मसमर्पण नगरेको बताए ।
अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताए । उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए । आगामी दिनमा पार्टीको सिट सङ्ख्या बढ्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण