ओली नआएपछि माधवले भने– दश पटक फोन गर्दा नलागेपछि म्यासेज गरेँ
आइतबार, १६ असार २०८१, १७ : ३४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीलाई महाधिवेशनमा निमन्त्रणा गर्न लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन् ।
आइतबार महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभाजनको घाउ आलो भएकै कारणले एमाले आफ्नो पार्टीको महाधिवेशनमा नआएको हुनसक्ने बताए ।
‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएँ, त्यो म्यासेज पाएको पनि सूचना पाएको छु’, उनले भने, ‘घाउ आलो भएर नआउनुभएको होला । ’
उनले राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यकता नभएको पनि बताए । एकीकृत समाजवादीको महाधिवेशनमा प्रायः सबै दलका नेता सहभागी भए पनि एमाले र राप्रपाबाट भने कोही सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण