रौतहटमा दुई जनाको शव फेला
सोमबार, २४ असार २०८१, १४ : ५६
रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।
त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित साँझ खोला किनारमा पनि आज एक जना अपरिचित ३० बर्सिया महिलाको शव फेला परेको छ। स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण