क्यालिफोर्नियाको एलमिडा काउन्टीमा नेपाली मूलका कार्की आवास विकास सल्लाहकार बोर्डमा नियुक्त
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीमा नेपाली मूलका एक दशक भन्दा अगाडी अमेरिका आएका युवा समाजसेवी तथा सफल व्यवसायी प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त भएका छन् ।
उनलाई एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले जुलाई २३ ,२०२४ देखि जुलाई २३ ,२०२८ सम्मको लागि नियुक्त गरेको हो । उनलाई ४ वर्षको अवधिको लागि आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त गरिएको छ ।
विभिन्न सङ्घ, संस्थामा संलग्न कार्की अमेरिकाको पश्चिमी क्षेत्रका युवा समाज सेवी तथा सफल व्यवसायी हुन् । उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका आएका कार्कीको मूल घर विराटनगर हो । उनी पेसाले आर्किटेक्ट अर्थात् अभियन्ता (इन्जिनियर)हुन् । उनको पृष्ठभूमि नै इन्जिनियर भएको र नेपालमा आवास तथा सामुदायिक विकासमा समेत योगदान गरेको अनुभवलाई मध्यनजर गर्दै एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले उनलाई मनोनयन गरेको हो ।
यस नियुक्तिले नेपालीहरूले अन्तर्राष्ट्रिय जगतमा पनि नेतृत्व गर्न सक्षम हुन्छन् भन्ने कुरालाई थप पुष्टि गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण