बागलुङ पहिरो अपडेट : मौसम खराब भएपछि उद्धारमा कठिनाइ, हेलिकोप्टर फर्कियो
पोखरा । बागलुङमा पहिरोबाट बेपत्ता भएकाहरूको अझै उद्धार हुन सकेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकोप्टर लैजान सम्भव नभएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार हेलिकोप्टर घटनास्थल नजिकै पुगेर पनि ल्याण्ड गर्न नसकेको हो । ‘फेरि पानी पर्न थालेको छ । मौसम झन् खराब भइरहेको छ,’ उनले भने, ‘हेलिकोप्टर ल्याण्ड गर्न सकेन । उद्धारमा सकस छ ।’ घटनास्थलमा आर्मी, नेपाल पुलिस, सशस्त्र र पालिकाको नगर प्रहरी समेत खटिएका छन् । हालसम्म पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
वडा नम्बर १० मा ६ जनाको मृत्यु भएको छ भने ९ मा २ जनाको मृत्यु भएको छ । १० नम्बर वडाको आरुपाटामा ७० वर्षकी मोती देवी कामी, सिर्जना विककी ६ महिने छोरी सीता विक, ७ वर्षकी मालती बुढा, ९ वर्षका अमल बुढा र ११ वर्षकी सीता पुनको मृत्यु भएको थियो । स्थानीय जोकबहादुर बुढाको कच्ची घर र गोठमाथिबाट आएको पहिरोले पुरिएको हो ।
घटनामा घाइते भएका ७८ वर्षका जोगबहादुर बुढाको पनि मृत्यु भएको छ । १० वर्षका मनोज बुढा, ६० वर्षकी मधु बुढा, ३ वर्षका आरुष थापा र ११ वर्षका सुमन विक हराएका छन् । अन्य ९ जना घाइते छन् । २६ वर्षका प्रकाश पुन, ४६ वर्षकी संगीता बुढा, २३ वर्षकी सिर्जना विक, ४३ वर्षका मंगल सेन बुढा, १९ वर्षकी रिमा पुन, ६० वर्षकी सुमित्रा विक, ५१ वर्षका ससिराम विक, ९ वर्षका ज्ञाने बुढा, ३१ वर्षकी सीता थापा घाइते भएका हुन् । सुमित्रा गम्भीर घाइते छिन् भने अरूको अवस्था सामान्य रहेको बागलुङ प्रहरीले जनाएको छ ।
यस्तै, वडा नम्बर ९ बलघाँसमा श्याम परियारको घर पछाडि पहिरो खस्दा उनका १५ वर्षीय छोरा विधान परियारको मृत्यु भएको छ । सोही वडाको दर्लिङ काभ्राखर्कमा बोम बहादुर बस्नेतको २४ वर्षीय छोरा गंगा बस्नेतको पहिरोले बगाएर मृत्यु भएको छ । घर नजिकै गोरेटो बाटोमा हिँड्ने क्रममा पहिरो आउँदा उनी पुरिएका थिए । सोही वडामा दर्लिङ खोलाले बगाएर १४ वर्षका यमलाल विक बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण