कोटेश्वरबाट खैरो हेरोइनसहित ८ जना पक्राउ
बिहीबार, ३१ साउन २०८१, ०९ : ५९
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरबाट लागुऔषध खैरो हेरोइन सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ३३ दशमलव ७६ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेमा २७ वर्षीय रफिस अवाले, १९ वर्षका रिसफ श्रेष्ठ, २१ वर्षीय रेमन राई, ३३ वर्षीय अमित कुमार चौधरी, ३६ वर्षीय प्रमोद राई, २८ वर्षका मेहरमान भुजेल, २७ वर्षका टिम्पल तामाङ र २९ वर्षीय भीम कुमार चेम्जोङ छन् ।
आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ८ ट्याब्लेट र ५५ हजार नगद समेत बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण