रेस्टुरेन्टमा बिल नतिर्ने नयाँ काइदा : खानामा आफै साङ्लो हाल्ने
मेक्सिको । मानिसहरू ठगी गर्न पनि नयाँ–नयाँ उपायहरू निकाली रहन्छन् । मेक्सिकोमा एक परिवारले रेस्टुरेन्टमा खाएको बिल नतिर्न नयाँ जुक्ति निकालेका हुन्– खानामा आफै साङ्ला हाल्ने । उनीहरुको हर्कत क्यामेरामा कैद भएपछि ठगीको यो नयाँ काइदा पर्दाफास भएको हो ।
मेक्सिकोको गुआडालाजारामा रहेको द पुएर्टो चेल रेस्टुरेन्टले हालै सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गरेका हुन् । ती परिवारले आफूले मगाएको खानामा साङ्ला भेटिएको दाबी गर्दै रेस्टुरेन्टको बिल नतिर्ने भन्दै विवाद गरेका थिए । यसबारे थप विवाद खडा नहोस् भनेर रेस्टुरेन्टले उनीहरूको माग स्वीकार पनि गरेको थियो ।
तर, सरसफाइ र खाद्य सुरक्षामा कडाइ गरिने रेस्टुरेन्टमा कसरी यस्तो घटना भयो भनेर त्यहाँको व्यवस्थापनले यसको अनुसन्धान गर्ने निर्णय गर्यो । परिवार रेस्टुरेन्टबाट हिँडेपछि सीसीटिभी फुटेज अध्ययन गर्दा परिवारले नियोजित रूपमा यो घटना घटाएको खुलेको थियो ।
भिडियोमा चार जनाको परिवारले रेस्टुरेन्टमा मजा लिँदै खाना खाइरहेको देखिन्छ । यसैबिच परिवारकी एक महिला सदस्यले एउटा सानो भाँडो निकाल्छिन् । त्यसपछि भाँडोमा रहेको वस्तुलाई खानामा मिसाउँछिन् ।
🇲🇽 México, Guadalajara: Una familia se dedicaba a colocar cucarachas en los alimentos de los restaurantes y luego montaban escándalos para evitar pagar la cuenta. Un restaurante notó que el tipo de cucaracha no era común en la zona y decidió revisar las cámaras de seguridad. Han… pic.twitter.com/wmKsPmAyi6
— Actualidad Viral (@ActualidaViral) August 28, 2024
भाँडामा रहेको साङ्लो निस्कन नमानेपछि ती महिलाले चम्चाको प्रयोग गरेर भाँडाबाट त्यसलाई निकालेर खानामा मिलाएको पनि भिडियोमा देखिएको छ । खानामा साङ्लो राखेपछि ती महिलाले रेस्टुरेन्टका वेटरलाई बोलाएर गुनासो गर्न थाल्छिन् । रेस्टुरेन्टले गुनासोको सम्बोधन गर्दै उनीहरुलाई अर्डर गरेको अन्य खाना निःशुल्क प्याक गरेर पठाउँछन् ।
आफ्नो ग्राहकको खानामा कसरी साङ्लो पर्यो भनेर अनुसन्धान गर्दा उनीहरूको ठगीको काइदा पत्ता लागेको रेस्टुरेन्टको भनाई छ । त्यसपछि अरू पनि यसरी नै नठगिउन् भनेर आफूहरूले सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरेको रेस्टुरेन्टको व्यवस्थापनले जानकारी दिएको छ ।
ट्वीटरमा सेयर गरिएको भिडियो निकै भाइरल बनेको छ । त्यसपछि यो परिवारले अन्य रेस्टुरेन्टलाई पनि यसरी नै ठगेको खुलेको छ । अहिले साङ्लो हाल्ने महिलालाई ‘लेडी कुकाराचा (ककरोच) भन्दै अनलाइन फोटो र भिडियो सेयर गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण