आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भीएलएन र वानस्टपमा प्रहरीकाे छापा, सञ्चालक समातिए

आइतबार, ०६ जेठ २०७५, १७ : ५८
आइतबार, ०६ जेठ २०७५

काठमाडौं–राजधानीको मेट्रोपार्कस्थित भीएलएन र वानस्टप सेन्टरमा प्रहरीले छापा मारेको छ ।  श्रम,  रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहमन्त्रालयलाई  गरेको पत्राचारअनुसार प्रहरीले भीएलएन र वानस्टपमा छापा मारेको हो । 

 मन्त्रालयले संस्थाको कामकारबाही बन्द गराएको भएपनि अवैध ढंगले काम  गरिरहेको पाइएपछि सञ्चालक रामप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए । 

मन्त्रालयले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरिसकेको छ । 

मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय गरेका थिए । 

मलेसिया जान भिसा शुल्क जम्मा ७ सय लाग्नेमा अनलाइन प्रोसेस भन्दै भिएलएन नामक संस्थाबाट ३२ सय र कर असुल गरिँदै आएको थियो । 

पक्राउ परेका श्रेष्ठलाई नेपाल पुलिस क्लवमा राखिएको छ।
भिएलएन नेपाल नामक संस्थाले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको बताइएकाे छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप