लामो दूरीका मिसाइल चलाउन अमेरिकी स्वीकृतिपछि जेलेन्स्कीले के भने ?
किभ । अमेरिकाले युक्रेनलाई आफूले दिएको लामो दुरीका क्षेप्यास्त्र रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस विषयमा प्रतिक्रिया दिएका छन् । जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु ।’
साझेदारहरुबाट आवश्यक सुविधा अझै नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको पनि उनले बताए । युक्रेनलाई बलियो बनाउन आफूले ‘विजय योजना’ प्रस्तुत गरेको पनि जेलेन्स्कीले भने । यस योजनामा लामो दूरीमा आक्रमण गर्ने क्षमता पनि समावेश थियो । ‘हामीले स्वीकृति पाएका छौं भनेर सञ्चार माध्यमहरूमा धेरै कुराहरू आएका छन्, तर आक्रमणहरू शब्दले गर्दैनन् । यी कुराको घोषणा गरिएको छैन । क्षेप्यास्त्रहरू आफैँ बोल्नेछन्,’ उनले भने ।
जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसद्मा ‘विजय योजना’ प्रस्तुत गरेका थिए । यसको मुख्य बुँदाहरूमा नेटोमा संलग्न हुन औपचारिक निमन्त्रणा र रूस भित्र लामो दूरीसम्म हमला गर्न सहयोगी देशहरूले लगाएका प्रतिबन्ध फुकाउने सम्मका कुराहरू थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण