लाखौँको अवैध काठसहित पिकअप भ्यान बरामद
शुक्रबार, १४ मङ्सिर २०८१, ०९ : १६
रौतहट । रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले लाखौँ मूल्य बराबरको अवैध सालको काठसहितको पिकअप भ्यान बरामद गरेको छ।
विशेष सूचनाको आधारमा रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले बिहीबार महेन्द्र राजमार्गमा धनसर देखि २ किलोमीटर पूर्व लचकामा काठ बोकेको ना २ च ९३१९ नम्बरको वोलेरो पिकअप बरामद गरेको हो। पिकअपमा वनको घाटगदीबाट साढे ८५ क्युफिट सालको काठ लोड गरिएको अवस्थामा बरामद गर्नुका साथै चालक जितेन्द्र चौधरी पक्राउ गरिएको जिल्ला बन अधिकृत राजेश कुमार साहले बताएका छन्।
९ थान सालको गोलिया उक्त काठ, गाडी चालक नियन्त्रणमा लिएर अनुसन्धानको लागि डिभिजन बन कार्यालय चन्द्रिगाहपुर राखिएको डिवीजन प्रमुख हेमन्त कुमार साहले जानकारी दिएका छन्।
बरामद काठको बजार मूल्य ३ लाख रुपैयाँ भन्दा बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण