सुनसरीमा प्रहरीले चलायो गोली
गाडीमा नक्कली सरकारी प्लेट राखेर तस्करी
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४०
काठमाडौँ । सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा गएराति प्रहरीले गोली चलाएको छ । सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
धनकुटाबाट गाँजा लिएर आउँदै गरेको स्कोर्पियो सहित दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको डीआईजी खापुङले बताए ।
धनकुटाबाट ल्याएको सो गाँजा भारत लैजाने लागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेपनि कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण