टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमणमा परेको जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारेका हुन् ।
मन्त्री पोखरेलले विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गरे । ‘यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ’, उनले भने, ‘अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।’ स्थानीय नागरिकको भावनाअनुरुप विश्वविद्यालयमा विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।’
विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थीहरू एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहका अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार व्यवस्थापन सङ्कायका निशान्त चन्दले चान्सलर पदक र कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले भाइस चान्सलर पदक प्राप्त गरेका छन् । यसपटकको दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा. तुलसीकुमारी शर्मा समेत दीक्षित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण