मानव सेवा आश्रमको भवन निर्माणका लागि प्रधानमन्त्रीद्वारा एक महिनाको तलब दान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठुलो अरू कुनै सिद्धान्त नभएको बताएका छन् । आइतबार झापाको मेचीनगर नगरपालिका-४, बाहुण्डांगी स्थित मानवसेवा आश्रमको उद्घाटन तथा मानवीय स्मारक शिलान्यास कार्यक्रममा सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मानवलाई सुख प्रदान गर्ने काम सबै भन्दा ठुलो भएको भन्दै मानवता भन्दा ठुलो अरु कुनै सिद्धान्त नभएको बताए । उनले राम्रो सिद्धान्त र व्यवहारको अन्तिम निष्कर्ष भनेको मानवलाई सुख प्रदान गर्नु भएकाले मानव सेवाको भावनालाई सबै पक्षले साथ सहयोग गर्न आग्रह गरे । मानव सेवा आश्रमको नवनिर्मित भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब दान गर्ने घोषणा पनि उनले गरेका छन् ।
मानव सेवा आश्रमको भवन निर्माणका लागि मेचीनगर–४ का स्थानीय रामबहादुर प्रधानले २ बिगाहा ५ कट्ठा जमिन निःशुल्क प्रदान गरेका छन् । कार्यक्रममा जग्गादाता रामबहादुर प्रधानका परिवारलाई प्रम ओलीले सम्मान–पत्र प्रदान गरे । मानवसेवा आश्रमको १९ औँ शाखा अन्तर्गत मेचीनगरको बाहुण्डांगीमा हाल ५० जना सडक आश्रित मानवहरू आश्रयमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण