विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैन : मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री भट्टराईले विद्यालय शिक्षाको दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले गठन गरेको कार्यदलले काम सुरु गरिसकेको बताइन् । उनले प्राविधिक तथा व्यावसायिक शिक्षाको आजको आवश्यकता र विगतको अभ्यासका आधारमा पाठ्यक्रम पुनर्संरचना गर्न जरुरी रहेको बताइन् । प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम पुनर्संरचना गर्न समेत योजना आयोगका सदस्यको संयोजकत्वमा कार्यदल गठन भएको उनले बताइन् । कार्यदलले १५ दिनपछि प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा मन्त्रालयले थप प्रक्रियाहरू अगाडि बढाउने उनको भनाइ छ ।
उनले भनिन्, ‘शिक्षक र विद्यार्थीबिचको अनुपात मिलेको छैन । विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैन । अब हामीले दरबन्दी पनि पुनरावलोकन गरौँ । विद्यालय शिक्षा कक्षा १२ सम्मको दरबन्दी पुनरावलोकन गरौँ भनेर पूर्वसचिवको संयोजकत्वमा यो काम पनि सुरु भइसकेको छ ।’
मन्त्री भट्टराईले विधेयकमा भएका विवादका विषयहरूको समाधान खोज्न राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण