देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : २८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गरेका छन् । बुढानीलकण्ठ नगरपालिकाको– १, २ र ७ नं. वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए ।
“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन । देश अघि बढ्छ ”, उनले भने, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ । नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण