रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
मङ्गलबार, ०२ पुस २०८१, १२ : ०१

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागिएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए ।
पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिन लागेको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग
-
निर्णायक शिक्षक आन्दोलन घोषणा गर्न माग, उपसमितिको प्रतिवेदनप्रति आपत्ति
-
बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी
-
हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर
-
द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड
-
बलमिचाइँका साथ प्रकृति दोहन गर्दै प्लटिङ, तस्बिरमा हेर्नुहोस्