त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने बताएका छन् ।
‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’
ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने बताएका छन् ।
‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ’, उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई मंगलबार त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि गठन भएको शारदाप्रसाद त्रिताल नेतृत्वको आयोगले आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको थियो । ओलीले २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट त्रितालकै नेतृत्वमा आयोग गठन गरेको स्मरण गर्दै ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको समेत आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण