भारत फर्किए सोनु निगम
काठमाडौँ । बलिउड गायक सोनु निगम भारत फर्किएका छन् । बिहिबार मध्यान्न त्रिभुवन विमानस्थल हुँदै उनी भारत उडेका हुन् ।
त्यसअघि उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका थिए ।
क्रिसमसको अवसर पारेर होटल हायतमा आयोजना भएको ‘सोनु निगम लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रममा लागि बुधबार मध्यान्न उनी काठमाडौँ आएका थिए । साँझको ७ बजेर ३ मिनेटमा स्टेज चढेका सोनुले नेपाली फिल्म ‘भीष्म प्रतिज्ञा’मा समावेश ‘उकाली ओराली गर्दै’ गीतबाट आफ्नो सांगीतिक प्रस्तुति अगाडि बढाएका थिए ।
करिब ३ घण्टा काठमाडौंलाई झुमाएका उनले प्रस्तुतिका क्रममा ‘सुरज हुवा मधम’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’, ‘कल होना हो’, ‘अभि मुझ्मे कही’, ‘पापा मेरी जान’लगायत गीत गाएका थिए ।
‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम नेपाल टचले आयोजना गरेको थियो । कार्यक्रममा दश हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको बताइन्छ ।
कार्यक्रममा निगमले नेपाल र नेपालीले दिएको स्नेहले खुसी बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण