कविता
धेरै
शनिबार, १२ माघ २०८१, १५ : ३४
धेरै पढ्दा
पढ्दा पढ्दै उँभो उँभो गएँ
उमेर पनि उँभो उँभो गयो
न त घरजम न त सन्तान
पढेर सक्दा त
जवानी गइसकेछ
धेरै काम गर्दा
सधैँ सधैँ व्यस्त भएँ
कसैसँग बोल्ने फुर्सद भएन
न त आराम न त मनोरञ्जन
अहिले पो थाहा भो
सबै रिसाइसकेछन्
धेरै ठुलो पदमा पुग्दा
धेरै नै घमण्ड चढ्यो
ऐस आराममा दिन बित्यो
तारिफ गर्नेले हावामा उडाइराखे
चुनावमा पो छर्लङ्ग भो
तल तल खसी सकेको
धेरै सहयोगी बन्दा
कति समय खर्चिएँ
कति पैसा खर्चिएँ
जस जसलाई सहयोग गरेँ
आज तिनीहरू नै मेरो
बदनाम गरिरहेछन्
त्यसैले मेरा शुभ चिन्तकहरू
धेरै धेरै गर्नेहरू
घाँटी हेरेर हाड निल्नु
ठिक्क हुनु ठिक्क गर्नु
बाल्टिनमा पानी पनि
धेरै भएपछि पोखिन्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण