सशस्त्रका १५ एसएसपीको सरुवा र ८ जनाको पदस्थापना
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा र ८ जनाको पदस्थापना गरेको छ ।
सरुवा हुनेहरूमा विनोद राज श्रेष्ठलाई सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा ल्याइएको छ । यस्तै, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा किरण ढुङ्गानालाई सरुवा गरिएको छ ।
प्रधान कार्यालयको मानवस्रोत विभागमा रहेका भूपेन्द्र के.सी.लाई भण्डार महाशाखामा र कार्य विभागमा सुधीर जंग थापालाई सरुवा गरिएको छ । सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागमा रहेका रबिन राज कर्णजितलाई कार्य विभागमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका भरत खनियालाई सीमा सुरक्षा विभागमा लगिएको छ ।
त्यसैगरी, जहार सिंह बुढा मगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई यु.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ । अन्य सरुवा हुनेहरूमा कमल प्रसाद तिउसीना, उद्धव बहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोप बहादुर खनाल र अशोक कुमार बम रहेका छन् ।
८ एसएसपीको पदस्थापना
मन्त्रालयले ८ जना एसएसपीहरुको विभिन्न बाहिनी र विभागहरुमा पदस्थापना समेत गरेको छ ।
दीपक कुमार थापा, प्रबन्ध महाशाखा, प्रधान कार्यालय, सुधीर सुवेदी मानवस्रोत विभाग, प्रधान कार्यालय,महेश के.सी. नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी,प्रकाश कुमार सुवेदी:नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत,चित्राङ्गत दाहाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली, सुभाष भण्डारी नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी, प्रदिप सिंह कार्की नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की, र संजय भट्टराई नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा पदस्थापना भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण