माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
बिहीबार, ०१ फागुन २०८१, १९ : २८
_HtiO8mrjI2.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को दोरम्बा शैलुङ गाउँपालिको अध्यक्षमा टिक माल्बुके चयन भएका छन् । गाउँपालिकाको दोस्रो सम्मेलनबाट माल्बुके अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा खडानन्द ढुंगेल, मित्रलाल श्रेष्ठ र हरि बहादुर थापा मगर चयन भएका छन् ।
सचिवमा प्रवीण कुमार मोक्तान सर्वसम्मत भएका छन् । यसअघि गाउँपालिकाको उपाध्यक्ष रहेकी कृषला घिसिङले पार्टी कमिटीमा सहसचिवको जिम्मेवारी पाएकी छन् ।
सम्मेलनबाट कोषाध्यक्षमा नरध्वज थापामगर चयन भएको दोरम्बा–४ का पूर्ववडा अध्यक्ष चन्द्रबहादुर थापा मगर ‘टलक’ ले रातोपाटीलाई बताए ।
माओवादी केन्द्र दोरम्बाको अध्यक्षमा यसअघि हिरा श्रेष्ठ थिए । आफ्नो कार्यकाल पुरा गरेर श्रेष्ठले माल्बुकेलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
बिहीबार माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले सम्मेलन उद्घाटन गरेकी थिइन् ।