माओवादी केन्द्र बुढीगंगाको अध्यक्षमा योगेन्द्र पौडेल
बुधबार, ०७ फागुन २०८१, २० : ५८

विराटनगर । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको अध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार भएको माओवादी केन्द्र बुढीगंगाको दोस्रो अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा रुपेश भट्टराई, सवरलाल मोदी, कमला खड्का, सचिव प्रेम खवास, सह–सचिव भवकृष्ण भट्टराई र कोषाध्यक्षमा पुस्पा भगत रहेका छन् ।
अधिवेशनले ४३ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।