स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् ।
ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल भर्ना भएरै उपचार गराइरहेकी हुन् । भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका हुन् ।
अहिले क्रमिक रूपमा सुधार आइरहेको मन्त्रीको सचिवालयले जनाएको छ । उनमा क्षयरोगको समेत आशंका गरिएको थियो । तर, परीक्षणको क्रममा क्षयरोगको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज बिहान अस्पताल पुगेका थिए । अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अस्वस्थ भएपछि मन्त्री भट्टराई घरमै रेस्ट गर्दै आएकी थिइन । तर, निको नभएपछि अस्पताल नै भर्ना हुनुपरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण