कविता
प्रकृति
शनिबार, ३० चैत २०८१, १३ : ००
प्रिय प्रकृति
आज म
तिम्रो हाल देखेर
वसन्तमा
तिम्रो शोभायमान
सुन्दरताको ‘मान’ नभएर
दुःखित छु ।
तिमीले मान्छेलाई
आफू निस्सार हुने गरी
सके जति दियौँ
उसले थोरै पनि
लिन जानेन ।
तिमीले
हिमालदेखि पहाड तराईसम्म
हरेक ऋतुहरूमा
प्रेम वर्षाइ रह्यौ
मान्छेले तिमीलाई
हरदम
दोहन गरिरहयो ।
तिमीले हामीलाई
हलपल
मौका दिइरह्यौ
हामी हाम्रो स्वार्थमा
तिम्रो अस्तित्व नामेठ
हुनेगरी खेलिरह्यौँ ।
खोला तरेपछि
लौरो बिर्सिन्छ
भनेझैँ
तिमीलाई उपयोग
गरेपछि बिर्सेकाहरूको
नाक, आँखा पोलिरहेछ
प्रदूषणले अघाइरहेछन् ।
करुणामयी हृदयकी तिमी
वर्षी दियौ आज फेरि
आफैँ रित्तिने गरी
धर्ती सरस भयो
र
बगैँचाका फूलहरू मखलेल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण