कविता
प्रकृति
शनिबार, ३० चैत २०८१, १३ : ००
प्रिय प्रकृति
आज म
तिम्रो हाल देखेर
वसन्तमा
तिम्रो शोभायमान
सुन्दरताको ‘मान’ नभएर
दुःखित छु ।
तिमीले मान्छेलाई
आफू निस्सार हुने गरी
सके जति दियौँ
उसले थोरै पनि
लिन जानेन ।
तिमीले
हिमालदेखि पहाड तराईसम्म
हरेक ऋतुहरूमा
प्रेम वर्षाइ रह्यौ
मान्छेले तिमीलाई
हरदम
दोहन गरिरहयो ।
तिमीले हामीलाई
हलपल
मौका दिइरह्यौ
हामी हाम्रो स्वार्थमा
तिम्रो अस्तित्व नामेठ
हुनेगरी खेलिरह्यौँ ।
खोला तरेपछि
लौरो बिर्सिन्छ
भनेझैँ
तिमीलाई उपयोग
गरेपछि बिर्सेकाहरूको
नाक, आँखा पोलिरहेछ
प्रदूषणले अघाइरहेछन् ।
करुणामयी हृदयकी तिमी
वर्षी दियौ आज फेरि
आफैँ रित्तिने गरी
धर्ती सरस भयो
र
बगैँचाका फूलहरू मखलेल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण