फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
बेइजिङ । मानिसहरूका बानी पनि अनौठा हुन्छन् । यस्तै अनौठो बानीको कारणले चीनमा एक व्यक्ति अस्पतालसम्म पुग्नुपरेको घटना सार्वजनिक भएको हो ।
ती व्यक्तिलाई एक दिनभर आफूले लगाएको फोहोर मोजा सुँघ्ने बानी थियो । तर, यही बानीले उनको फोक्सोमा सङ्क्रमण भएको छ ।
नाम नखुलाइएका चोङकिङका ती अधबैँसे व्यक्तिलाई हालै निरन्तर खोकी लागेपछि आर्मी मेडिकल युनिभर्सिटीको साउटवेस्ट हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल पुगेपछि उनले डाक्टरहरूलाई औषधि सेवन गरे पनि आफ्नो खोकी पछिल्ला केही दिनमा बढेको र आँखा पनि रातो भएको बताएका थिए ।
उनको सीटी र एमआरआई स्क्यान गर्दा उनको दाहिने फोक्सोमा सङ्क्रमण भएको पाइएको थियो । यो एस्परगिलस सङ्क्रमणका हुने गर्दछ । यसबारे सोधपुछ गर्दा ती व्यक्तिले आफूलाई फोहोर मोजा सुँघ्ने बानी रहेको खुलासा गरेका थिए ।
अस्पतालका डाक्टर लियाङ पेकियाङका अनुसार कामबाट घर फर्के पछि ती व्यक्तिले आफूले लगाएको मोजा खोलेर सुँघ्ने र त्यसपछि फोहोर लुगा राख्ने बाक्सामा फाल्ने गर्थे । उनको फोहोर मोजाको जाँच गर्दा एस्परगिलस फेला परेको थियो ।
मोजामा पसिना, नुन, युरियाका साथै तातो वातावरण हुने हुँदा फंगसको वृद्धि हुने गर्छ । यसरी फोहोर मोजा सुँघ्दा त्यस्तो फंगस नाक र घाँटीमात्र नभएर फोक्सोसम्म पुग्ने खतरा रहन्छ । जसको दीर्घकालीन असर रहन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण