शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन

शनिबार, ०६ वैशाख २०८२, १५ : २८
शनिबार, ०६ वैशाख २०८२

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरुबीचमा समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।  ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरुसँग आज भएको छलफलमा उनले स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरु समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्ने बताए । 

आर्थिक रुपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनताकेन्द्रित रहेको बताए । शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास–निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप