प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी समाचार लेख्ने नेपाली पेनका पत्रकारलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नेपाली पेनका प्रधान सम्पादक दीपेश केसी र कार्यकारी सम्पादक सञ्चिता बानियाँलाई ५र५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।
गत वैशाख ८ गते उक्त अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको भोलिपल्ट सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले अवहेलना मुद्दा दायर गरेपछि उक्त अनलाइनले सो समाचार हटाएको थियो ।
अदालतको अवहेलना मुद्दामा वैशाख १० गते सर्वोच्चले प्रधान सम्पादक र कार्यकारी सम्पादकलाई आइतबारको पेसी तोकी बयानमा बोलाउने आदेश गरेको थियो । आइतबार बयानपछि प्रारम्भिक बहस भई धरौटीमा छाड्ने आदेश भएको छ ।
बयानका क्रममा प्रधान सम्पादक डा. केसीले समाचारको सत्यतथ्य जाँचेरै प्रकाशित गरेको र समाचारका स्रोतहरु संवेदनशील रहेकाले त्यसको सुरक्षा गर्नुपर्ने दायित्व आफूमा रहेको बताएका थिए । उनले आफू जुनसुकै कारबाही भोग्न तयार रहेको तर स्रोत नखुलाउने बयान अदालत समक्ष दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत सुधारका कारण सेजमा आकर्षण बढ्दैछ
-
नगरवासीको बिजुली महसुल पालिकाबाट भुक्तानी
-
यसकारण मैले सेजमा लगानी गर्ने आँट गरिनँ
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै