बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग

आइतबार, २१ वैशाख २०८२, २० : ३६
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । राजस्थान रोयल्सका कप्तान रियान पराग इन्डियन प्रिमियर लिग (आईपीएल) लगातार ६ बलमा ६ वटा छक्का हिर्काएने पहिलो ब्याटर बनेका छन् । उनले आइतबार इडेन गार्डेन्समा कोलकाता नाइट राइडर्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

यसअघि, क्रिस गेल, केरन पोलार्ड र रिंकु सिंहले लगातार ५–५ वटा छक्का प्रहार गरेका थिए । गेलले सन् २०१२ मा पुणे वारियर्स, पोलार्डले सन् २०१३ मा सनराइजर्स हैदराबाद र रिंकु सिंहले सन् २०२३ मा गुजरात टाइटन्सविरुद्ध यो उपलब्धि हात पारेका थिए ।

कोलकाताले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउँदा राजस्थान १२ औँ ओभरमा ५ विकेटको क्षतिमा १०२ रनको अवस्थामा थियो । मोइन अलीले बलिङ गरेको १३ औँ ओभरको पहिलो बलमा सिमरन हेटमायरले एक रन लिए ।

त्यसपछि रियानले लगातार ४ बललाई छक्का प्रहार गरे । अर्को बल मोइनले वाइड फाले । तर, फेरि अर्को बललाई रियानले लङअफमा बाउन्ड्री कटाए ।

अर्को ओभर वरुण चक्रवर्ती बलिङ गर्न आए । फेरि एकपटक हेटमायरले १ रन लिए । अर्को बलमा रियानले रिभर्स स्वीप गर्दै ब्याकवर्ड प्वाइन्टमा छैटौँ छक्का हिर्काए ।

रियान परागले ४५ बलमा ९५ रन बनाए। यसका वावजुद खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाउन सक्यो । 

टोलीलाई जितको लागि अन्तिम बलमा ३ रन आवश्यक थियो, तर शुभम दुबेले २ रन मात्र बनाउन सके। नन–स्ट्राइकमा उभिएका जोफ्रा आर्चर रन आउट भए ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप