स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, २२ वैशाख २०८२, ०९ : २४

धनगढी । कैलालीको भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्करपियोले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।
भारतीय नम्बर प्लेट युपी ३१ एयु ७३२० भएको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके कोहलपुर नगरपालिका–२ निवासी ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्करपियोले ठक्कर दिएको हो।
गम्भीर घाइते भएका धोवीलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापछि स्करपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार