भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
आइतबार, २१ वैशाख २०८२, २२ : ३७
नेपालगञ्ज । बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भे १ ज ६०६ नंको म्याजिक भ्यानले ठक्कर दिँदा जाजरकोट स्थायी घर भएका ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको हो ।
कोहलपुरको दशबिगाहा क्षेत्रबाट बजारतर्फ जाँदै गरेको सो भ्यानले दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाहीको मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण