डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध
हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन आइतबार पुनः बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।
शनिवारातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्भर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ जोड्ने बागमती नदीमा बनाइएको डाइभर्सन बगाएपछि आइतबार बिहान्बाट उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले डाइभर्सन ममर्तपछि यातायात सुचारु गरेको भएपनि पुनः बागमतीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालले नदीमा आएको बाढीले डाइभर्सन बनाउन प्रयोग गरिएको ह्युमपाइपसमेत बगाएकाले सवारीसाधन आवतजावतामा पूर्णरुपमा समस्या भएको बताए ।
उनले उक्त डाइभर्सन ममर्त गर्न समय लाग्नेभएकाले तत्काल उक्त मार्ग भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झन्डै दुई हप्तासम्म उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
यस्तै पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिन कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिँदै आएको छ ।
उक्त सडकखण्डको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा खण्डअन्तर्गत गँगटेनजिकैको भर्याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण