दश वर्षपछि उस्तै समयमा भूकम्पको झड्का
शुक्रबार, १२ वैशाख २०८२, १२ : ३५

काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो ।