नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल–भारतबिचको सम्बन्ध केवल राजनीतिक सम्बन्ध नभएर भावनात्मक र सांस्कृतिक सम्बन्ध रहेको बताएका छन् ।
शनिबार भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँगको भेटघाटमा उनले दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, रहनसहनमा समानता रहेको र यसलाई त्यसैगरी बढाउनुपर्ने धारणा राखेका हुन् ।
उत्तराखण्डका मुख्यमन्त्री धामीले पनि वर्षौँदेखि नेपाल र भारतबिच रहेको आपसी एकता र विश्वासलाई अझ मजबुत बनाउँदै भाइचाराको सम्बन्ध झन् बलियो बनाउनुपर्नेमा जोड दिएका मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहले त्यहाँका कृषिमन्त्री गणेश जोशी, पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाललगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनीहरूसँग पनि दुई देशबिचको कृषि, पर्यटनलगायत विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।
पर्यटन प्रवर्द्धनले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनका साथै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने भएकाले भारतको तर्फबाट यसमा सहयोग रहने विश्वास मुख्यमन्त्री शाहले लिएका सचिवालयले बताएको छ ।
नेपालको भौगोलिक अवस्था र आधुनिक कृषिबारे पनि त्यहाँका कृषि मन्त्री गणेश जोशीसँग मुख्यमन्त्री शाहले कुराकानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण