कांग्रेसले चार भ्रातृसंस्था भंग गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पटक–पटक समय दिँदा पनि महाधिवेशन गर्न नसक्ने चार भ्रातृसंस्था भंग गर्ने भएको छ । अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अहिलेसम्मको अवस्था हेर्दा महाधिवेशन गर्न सक्ने कुनै पनि आधार नदेखिएका चार भ्रातृसंस्था भंग गर्ने कांग्रेसले निधो गरेको हो ।
कांग्रेसले भ्रातृसंस्थाबारे निर्णय गर्ने एजेण्डा राखेर वैशाख १७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । लगातार संघीय संसद् बैठक राखिएकाले अनिश्चित कालका लागि स्थगित गरिएको छ । मौका मिलाएर केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाइ म्याद गुज्रिएका भ्रातृसंस्थाका तदर्थ समितिबारे निर्णय लिइने महामन्त्री गगन थापाले जानकारी दिए ।
‘गत चैत मसान्तबाट ७ भ्रातृसंस्थाको म्याद सकिएको छ । सकिएका भ्रातृसंस्थाबारे कसरी अगाडि बढ्ने भन्नेबारे अब बस्ने केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिबाट निर्णय हुन्छ,’ महामन्त्री थापाले रातोपाटीसँग भने, ‘के गर्न कसरी अगाडि बढ्ने त्यही बैठकबाटै निर्णय हुन्छ ।’
चैत मसान्तमा सात भ्रातृसंस्थाको म्याद सकिएपछि वैशाख पहिलो साता बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले भ्रातृसंस्था तदर्थ समिति अध्यक्ष र महाधिवेशन सम्पन्न गर्न पार्टीले बनाएको निर्देशन समितिलाई ‘महाधिवेशन गर्न सक्ने आधार के हुन् ? तोकिएको समयमा कसरी गर्ने ?’ भनेर समिति र निर्देशन समितिको हस्ताक्षरमा खाका प्रस्तुत गर्न निर्देशन दिएका थिए ।
सो निर्देशन बमोजिम नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल थारू संघका निर्देशन समिति र तदर्थ समितिले महाधिवेशन गर्न सक्ने आधार, तिथि, मितिसहित प्रतिवेदन बुझाएका पार्टी केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । यी भ्रातृसंस्थाको समिति भंग नगरी समय किटान गरेर महाधिवेशन गर्न समय दिने निष्कर्षमा सभापतिसहित पदाधिकारी नेताहरू पुगेको स्रोतले बतायो ।
निर्देशन समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर र नेविसंघ तदर्थ समिति संयोजक दुजाङ शेर्पाबिच मतैक्ययता छैन ।
तर, मुख्य भ्रातृसंस्थाहरू नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र नेपाल किसान महासंघमा भने विवाद छ । विवाद तदर्थ समितिभित्र मात्र होइन, निर्देशन समिति र तदर्थ समितिबिच पनि छ ।
उनीहरूमध्ये नेविसंघले निर्देशन समितिलाई नसोधेर एक्लै लेखेर पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको स्रोतले बतायो । निर्देशन समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर र नेविसंघ तदर्थ समिति संयोजक दुजाङ शेर्पाबिच मतैक्ययता छैन । शेर्पाको क्रियाकलापमा निर्देशन समिति सदस्य प्रतिमा गौतम पनि सन्तुष्ट छैनन् । अर्कोतिर तदर्थ समितिमा सदस्यता वितरण गर्न केन्द्रीय प्रतिनिधि खटाउँदा एकलौटी खटाएको भन्दै पार्टीभित्रको डा. शेखर कोइराला नेतृत्वको इतर समूहको नेतृत्व गर्ने प्रेमिका रानामगरले समानान्तर रूपमा केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लामा र क्याम्पस–क्याम्पसमा खटाएपछि महाधिवेशनको प्रक्रिया नै अघि बढ्न सकेको छैन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एकलौटी टिकट वितरण गरेको भन्दै शेर्पासँग नेताहरू नै सन्तुष्ट छैनन् ।
_OaDyFNysEz.jpg)
दलित संघमा पनि विवाद चरमोत्कर्षमा रहेको र पार्टी कार्यालयलाई बुझाएको प्रतिवेदन पनि महाधिवेशन हुने विश्वस्त आधार देखिने खालको नभएको एक पदाधिकारीले बताए । दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा अध्यक्ष छन् भने निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार संयोजक छन् । तदर्थ समिति संयोजक विश्वकर्मा र निर्देशन समिति संयोजक परियारको पार्टीभित्र गुट फरक भएकाले पनि समस्या भएको नेताहरू बताउँछन् ।
तरुण दलमा सदस्यता वितरण अगाडि बढेको छ । केही जिल्लामा वडा समितिको अधिवेशन पनि भएको छ ।
अर्को भ्रातृसंस्था महिला संघमा विवाद चरमोत्कर्षमा पुगेको छ । तदर्थ समिति संयोजक उषा राउत मिश्रले एकलौटी गरेको भन्दै इतर समूह र महामन्त्री थापा समूहबाट तदर्थ समितिमा प्रतिनिधित्व गर्ने २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । जसले सदस्यता वितरण पनि सुरु भएको छैन । निर्देशन समितिका संयोजक पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका कारण पनि संघमा विवाद भएको नेताहरू बताउँछन् ।
तरुण दलमा सदस्यता वितरण अगाडि बढेको छ । केही जिल्लामा वडा समितिको अधिवेशन पनि भएको छ । तथापि पार्टी कार्यालयमा बुझाएको प्रतिवेदनमा महाधिवेशन गर्न सक्ने स्पष्ट आधार नदेखिएको नेताहरू बताउँछन् । तरुण दलको तदर्थ समिति संयोजकमा विद्वान गुरुङ र निर्देशन समिति संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना छन् । दुई बिच भने विवाद छैन । इतर समूहबाट तदर्थ समितिमा प्रतिनिधित्व गर्नेहरूले एकलौटी गरिरहेको आरोप लगाएका छन् ।
नेविसंघ र तरुण दलमा विधानविपरीत तदर्थ समिति बनाएको भन्दै पार्टीभित्रै नेताहरूले आलोचना गर्दै आएका छन् । नेविसंघको ७५१ र तरुण दलको ४५२ सदस्यीय तदर्थ समिति छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा भ्रातृ संस्थाहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।
२६ मंसिरमा थप ७ महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृसंस्थाहरू नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनाएका थिए ।
तीमध्ये नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघले मात्रै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका छन् । बाँकी ७ भ्रातृ संस्थाले पार्टी निर्देशन बमोजिम महाधिवेशन गर्न सकेका छैनन् ।
कांग्रेसको फागुन एक गते बसेको पदाधिकारी बैठकमा निर्देशन समितिका संयोजक र सदस्यहरूलाई बोलाएर सभापति देउवाले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिएका थिए । तर, मुख्य भ्रातृ संस्थाले विवादका कारण महाधिवेशन गर्न असफल भएपछि अहिले तदर्थ समिति म्याद गुज्रेको अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण