मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
सरूवा

७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

आइतबार, २१ वैशाख २०८२, २० : ३०
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । 

गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । 

कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

494468108_1004088741853649_5244271749177959021_n495336592_1004088785186978_4319554769676739306_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप