कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो ।
मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो । सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
मोटरसाइकलमा सवार उर्मिलादेवीको भने दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो । उनको पनि उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको प्रवक्ता रायले जानकारी दिएका छन्।
ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण