ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
अमेरिका । अमेरिकाको भर्जिनिया राज्यमा गत वर्ष आफ्नी २८ वर्षीय पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव विभाजन गरेको अभियोगमा पक्राउ परेका मनासस पार्क निवासी नरेश भट्ट शुक्रबार बिहान अदालतमा देखा परे। अदालतले आगामी सेप्टेम्बरमा सुरु हुने न्यायिक सुनुवाइका लागि अभियोजन पक्षले अनुरोध गरेका तीन जना बाह्य पत्रकारहरूसहितलाई बोलाउने अनुमति दिएको छ।
प्रिन्स विलियम काउन्टी सर्किट (क्षेत्रीय) अदालतमा भएको छोटो सुनुवाइमा न्यायाधीश किम्बर्ली अर्बिङ्गले अभियोजकको अनुरोध स्वीकृत गरेपछि नरेश भट्टका बचाउ पक्षले कुनै आपत्ति जनाएनन्।
ती साक्षीहरूमा वासिङ्टन डीसी स्थित डब्लुयुएसएका पत्रकार राफेल सान्चेज क्रुज र केटी लुसो रहेका छन्, जसले नरेश भट्टलाई पक्राउ हुनु अघि उनको मनासस स्थित घरमै पुगेर अन्तर्वार्ता लिएका थिए। भट्टले लुसोलाई ममता हराएको बताएका थिए ।
तेस्रो साक्षी हुन् सच्ची मैनाली । उनी ईनेप्लिजमा केही वर्ष सम्पादक कै भूमिकामा सेवा गरेकी थिइन् । उनले नरेश भट्टसहित उनको परिवार र साथीहरूका अन्तरवार्ता लिएकी छिन् र अदालतमा साक्षी दिन बोलाइएको उल्लेख गरेकी छिन्।
ममता काफ्ले एक स्वास्थ्य परिचारिका र एक वर्षीय छोरीकी आमा थिइन् । उनलाई अन्तिम पटक गत जुलाईको अन्त्यतिर युभिए प्रिन्स विलियम मेडिकल सेन्टर (चिकित्सा केन्द्र)मा काम गरिरहेकी अवस्थामा देखिएकी थिइन्। उनी २०२१ मा नेपालबाट अमेरिका आएकी थिइन्।
३८ वर्षीय नरेश भट्ट, जो अमेरिकी सेनाका पूर्वसैनिक पनि हुन् । शुक्रबारअदालतमा उपस्थित हुँदा कारागारको सुनौलो पोशाकमा उपस्थित थिए। दर्शक दीर्घामा ममता काफ्ले भट्टका परिवार, साथी र समर्थकहरू थिए, जसले घरेलु हिंसाविरुद्धको चेतनाको सङ्केत स्वरूप बैजनी रिबन लगाएका थिए।
ममताकी साथी होली वर्थले अदालतबाहिर भनिन्, 'हामीलाई लाग्छ यो न्यायतर्फको अर्को महत्त्वपूर्ण कदम हो। ममताका लागि हामी लगातार लडिरहनेछौँ।'
वर्थले आगामी मे २८ तारिख बिहान ९ बजेदेखि ११ बजेसम्म अदालत प्रांगणमा ममताको जन्मदिनको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सबैलाई सामेल हुन आमन्त्रण दिइन्। 'यो ममता बिना मनाइने पहिलो जन्मदिन हो। तर उनी हाम्रो सम्झनामा सधैँ रहिरहनेछिन्,' उनले भावुक हुँदै भनिन्।
प्रहरीका अनुसार, नरेशले पत्नीको हत्या गरी उनको शवलाई टुक्र्याएर फोहोर टोकरीमा फालिदिएका थिए। पछि ममताको रगत भेटिएपछि निर्णायक मण्डलले उनलाई पहिलो श्रेणीको हत्याको अभियोगमा दोषी ठहर गरेको हो।
नरेश भट्टको अर्को सुनुवाइ अगस्त २७ मा तोकिएको छ भने सेप्टेम्बर ८ मा उनको निर्णायक मण्डल बयान हुने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण