आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरूलाई १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । पालिका अध्यक्ष वेद बहादुर थापाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।
पालिकाभित्रका सबै विद्यालयहरूलाई परिपत्र गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयको पठनपाठनमा समस्या परेको जनाए ।
उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा प्रकृया अगाडि बढाउन निर्देशन जारी गरेका हुन् ।
महासंघको आह्वानमा काठमाडौंमा चैत २० गतेदेखि सडक आन्दोलन हुदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलन गर्दैै आएका हुन् ।
शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त