‘जलाकी’मा भित्रिइन् शिल्पा
काठमाडौँ । फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा रहने गरेर उनी भित्रिएकी हुन् । उनी कस्तो भूमिकामा देखिने खुलाइएको छैन ।
शिल्पा पछिल्लो पटक ‘देवी’मा देखिएकी थिइन् । गतवर्षको भदौमा रिलिज भएको फिल्मले राम्रो ब्यवसाय भने गर्न सकेन । ‘जलाकी’का निर्देशक अशोक थापा मगर हुन् । उनले यसअघि ‘खुस्मा’ बनाएका थिए । फिल्मको पहिलो चरणको काम अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर सकिएको छ ।
दोस्रो चरणको छायाङ्कनका लागि केही अगाडि अभिनेता धीरज मगर पनि भित्रिएका थिए । फिल्ममा आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको समेत अभिनय रहनेछ ।
शैलेन्द्र डि. कार्कीको डिओपी रहने फिल्मको निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । नेपालसहित दक्षिण कोरियामा समेत फिल्मको छायांकन हुनेछ । ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतीक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण