मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?

सोमबार, २९ वैशाख २०८२, १४ : ४३
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ । छालालाई सूर्यको हानिकारक पराबैंजनी (यूची) किरणहरूबाट बचाउन हामी सनस्क्रिन लगाउँछौ । सूर्यमा दुई प्रकारका पराबैंगनी किरणहरू हुन्छन् । यूभीएले छालामा बुढ्यौली निम्त्याउँछ र गहिरो असर गर्छ । 

उता, यूभीबीले छालालाई जलाउँछ र डढाउँछ । सनस्क्रिनले छालालाई यी दुवै किरणहरूबाट जोगाउँछ, जसले गर्दा ट्यानिङ कम हुन्छ, घामले पोल्नबाट बचाउँछ, छालाको क्यान्सरको जोखिम कम गर्छ र छालाको बुढ्यौली पनि सुस्त बनाउँछ ।

बजारमा छालामा लगाउने लोशन, क्रिम, स्प्रे वा जेल पनि पाइन्छ । तर केही समयदेखि पिउन मिल्ने सनस्क्रिनको चलन बढेको छ । हो, बजारमा एउटा सनस्क्रिन उपलब्ध छ जुन लगाउनुको सट्टा पानी जस्तै पिउन सकिन्छ । यो पिउन मिल्ने सनस्क्रिनबारे विज्ञहरू के भन्छन् ? 

के हो पिउन मिल्ने सनस्क्रिन ? 

पिउन मिल्ने सनस्क्रिन एक प्रकारको तरल सप्लिमेन्ट हो । शरीरमा प्रवेश गरेपछि यसले छालालाई पराबैंजनी किरणहरूबाट बचाउँछ । यसमा धेरै पोषक तत्त्व, भिटामिन र प्राकृतिक तत्त्वहरू हुन्छन्, जसले छालालाई पोषण र सुरक्षा दिन्छ ।

यो सनस्क्रिन सेवन गरेपछि, यसमा रहेका तत्त्वहरू सक्रिय हुनेछन् र छालालाई पराबैंगनी किरणहरूबाट सुरक्षित राख्नेछ । पिउन मिल्ने सनस्क्रिन सप्लिमेन्टहरू सामान्यतया घाम लाग्नुभन्दा पहिले खाइन्छ । यो दिनमा एक पटक मात्रै सेवन गरिन्छ । यसको अवशोषण र प्रभावकारिता व्यक्तिपिच्छे फरक हुन सक्छ । 

के भन्छन् विज्ञ ? 

नयाँ दिल्लीकी कस्मेटोलोजिस्ट डा. करुणा मल्होत्रा भन्छिन्, ‘सबैभन्दा सामान्य प्रकारको पिउन मिल्ने सनस्क्रिन भनेको तरल सप्लिमेन्ट हो जसमा एन्टिअक्सिडेन्ट, पोलिपोडियम ल्युकोटोमोस जस्ता वनस्पतिको अर्क र कहिलेकाहीँ एस्टाक्सान्थिन वा बिटा(क्यारोटिन जस्ता भिटामिनहरू हुन्छन् । यी सामग्रीहरूले छालाको भित्रबाट यूभी–प्रेरित अक्सिडेटिभ तनावसँग लड्ने क्षमतालाई बढावा दिने विश्वास गरिन्छ ।’ 

सनस्क्रीन क्रिम वा जेलले छालको बाहिरी तहमा सुरक्षात्मक कवच बनाउँछ । तर यसले घामको सम्पर्कबाट हुने कोषीय क्षतिलाई कम गरेर भित्रैबाट छालाको लचिलोपन बढाउँछ ।

यो यसले शरीरलाई भित्रबाट यूभी क्षतिसँग लड्न मद्दत गरेर सूर्यको किरणबाट सुरक्षा प्रदान गर्दछ । यसमा एन्टिअक्सिडेन्ट, वनस्पति अर्क र कहिलेकाहीँ यूभी–फिल्टरिङ यौगिकहरू हुन्छन् जसले मुक्त रेडिकलहरूलाई बेअसर गर्ने र सूर्यको सम्पर्कबाट छालामा हुने क्षति कम गर्ने दाबी गरिन्छ । 

पिउन मिल्ने सनस्क्रिनहरूलाई सामान्यतया परम्परागत सनस्क्रिनको विकल्पको रूपमा बेचिन्छन् । तर यो परम्परागत सनस्क्रिनका विकल्प होइन ।  यी उत्पादनहरूमा सामान्यतया एन्टिअक्सिडेन्टको मिश्रण हुन्छ जसले छालामा पराबैंजनी किरणहरूको नकारात्मक प्रभावलाई कम गर्न भित्रबाट काम गर्छ । केही एन्टिअक्सिडेन्ट र वनस्पतिबाट प्राप्त यौगिकहरूले यूभी किरणबाट हुने छालाको क्षति कम गर्न मद्दत गर्न सक्ने अनुसन्धानले पनि देखाएको छ ।

तर,तिनीहरूले एसपीएफमा आधारित क्रिम वा लोशनले जस्तै सुरक्षा प्रदान गर्दैनन् । फेरि पिउन मिल्ने सनस्क्रिन सबैका लागि उपयुक्त हुँदैन । त्यसैले डाक्टरको स्वीकृति बिना यसलाई प्रयोग गर्नुहुन्न । हामीसँग सनस्क्रिन लगाउने, छायामा बस्ने, सुरक्षात्मक लुगा लगाउने र एन्टिअक्सिडेन्ट प्रयोग गर्ने जस्ता विकल्पहरू पनि छाने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप