प्रतिनिधिसभामा १३ मिनेट ४६ सेकेन्ड रस्साकस्सी

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा १३ मिनेट ४६ सेकेन्ड रस्साकस्सी सत्तापक्ष र प्रतिपक्षीबिच रस्साकस्सी भयो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र), प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरे ।
त्यसपछि सभामुख घिमिरेले आफूले दलीय प्रतिनिधित्वका आधारमा बोल्ने समय उपलब्ध गराउने बताएर बस्न आग्रह गरे । तर, प्रतिपक्षी दलका सांसदहरूले आफूहरूका माग पूरा नहुँदै संसद् चल्न नसक्ने बताए ।
विपक्षीहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग बनाउने घोषणा गर्नु पर्ने माग राखिरहेका छन् ।
तर, सत्तापक्षले उनीहरूका कुनै पनि माग मान्न तयार छैन । समस्याको जरो यही देखिएको छ । सभामुखले कसैलाई पनि बोल्ने समय नदिएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदबिच आरोप–प्रत्यारोप भएको सुनिन्थ्यो । सत्तापक्षले आफूहरूले धारणा राख्न पाउनुपर्ने बताएका थिए भने प्रतिपक्षीले आफूहरूका माग पूरा नहुँदासम्म नबस्ने र संसद् चल्न नदिने बताइरहेका थिए ।
उनीहरूबीच आफूले माइक नदिइ आरोप–प्रत्यारोप चलिरहँदा सभामुख घिमिरेले संसद्ले काम गर्नुपर्ने कामको सूचीको फेहरिस्त सुनाइरहेका थिए । त्यो सुन्न प्रतिपक्षी सांसदहरू तयार नभएका देखिन्थ्यो । सभामुख घिमिरेले बजेट अधिवेशन भएकाले बजेटमाथिको सैद्धान्तिक छलफल हुने तीन दिनको समय घर्किसकेको बताए ।
साथै महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने लगायतका कार्यसूची उनले सम्झाए पनि प्रतिपक्षीको प्राथमिकतामा वर्तमान भिजिट भिसामा सेटिङ प्रकरणमा आफूहरूले उठाएका माप पूरा हुनुपर्ने देखिएपछि आजको बैठकका लागि कार्यसूचीमा राखिएका सम्पूर्ण कार्यक्रम हटाएर शुक्रबार एक बजेसम्मका लागि संसद् बैठक स्थगित गरिदिए ।
अलि चर्को स्वरमा बोलिरहेका सभामुख घिमिरेले सुरु हुँदा वित्तिकै उठेका विपक्षी बस्न नमानेपछि संसद् सांसदहरूले बनाएको कार्यविधिअनुसार आफूले सदन सञ्चालन गर्ने गरेको बताए । आफ्नो कुरा नसुनेपछि उनले ‘यो नेपालको संसद् हो । संसद्लाई संसद्जस्तै चलाउने प्रयास गरौँ’ भन्नसम्म भ्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले