दुई पूर्वगृहमन्त्रीले भने– दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी हुनु निन्दनीय कार्य

काठमाडौँ । दुई पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ र जनार्दन शर्माले पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पूर्जी जारी हुनु निन्दनीय कार्य भएको बताएका छन् ।
बुधबार पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि श्रेष्ठ र शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।
श्रेष्ठले पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निरङ्कुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरोधी निन्दनीय कार्य भएको बताए । उनले पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग समेत गरे ।
उनले सञ्चारमाध्यममा निराधार, गलत र गैरजिम्मेवार समाचार पनि प्रसारण हुने गरेका भन्दै त्यस्तो पत्रकारितालाई भने सच्याउन जरुरी रहेको बताए ।
त्यस्तै पूर्व गृहमन्त्री शर्माले पनि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निन्दनीय कार्य भएको बताए । समाचार लेखे बापत पत्रकारलाई पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रता एवं संविधान विपरित कार्य भएको बताउँदै गलत समाचार प्रकाशित गरेमा प्रेस काउन्सिल मार्फत आवश्यक प्रक्रिया चाल्न सकिने उनले बताए ।
पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
-
सडक निर्माण कार्यले अस्तव्यस्त इन्द्रचोक क्षेत्र (तस्बिरहरू)
-
लस एन्जलसको विरोध प्रदर्शनमा राष्ट्रिय गार्डको तैनाथ गैरकानूनी
-
हिमालयन बैंकबाट ‘हबिब’ बहिर्गमन प्रक्रिया फेरि सुरु, नियामकको नेतृत्व परिवर्तनसँगै खुल्यो बाटो