दुई पूर्वगृहमन्त्रीले भने– दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी हुनु निन्दनीय कार्य
काठमाडौँ । दुई पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ र जनार्दन शर्माले पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पूर्जी जारी हुनु निन्दनीय कार्य भएको बताएका छन् ।
बुधबार पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि श्रेष्ठ र शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।
श्रेष्ठले पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निरङ्कुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरोधी निन्दनीय कार्य भएको बताए । उनले पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग समेत गरे ।
उनले सञ्चारमाध्यममा निराधार, गलत र गैरजिम्मेवार समाचार पनि प्रसारण हुने गरेका भन्दै त्यस्तो पत्रकारितालाई भने सच्याउन जरुरी रहेको बताए ।
त्यस्तै पूर्व गृहमन्त्री शर्माले पनि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निन्दनीय कार्य भएको बताए । समाचार लेखे बापत पत्रकारलाई पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रता एवं संविधान विपरित कार्य भएको बताउँदै गलत समाचार प्रकाशित गरेमा प्रेस काउन्सिल मार्फत आवश्यक प्रक्रिया चाल्न सकिने उनले बताए ।
पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण