आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
सारांश
- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भयो।
- टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दियो।
काठमाडौँ। घरेलु टोलीले स्कटल्यान्डले टी–ट्वान्टी त्रिकोणात्मक सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले सिरिज जितेको हो ।
स्कटल्यान्डमा भएको खेलमा घरेलु टोलीले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५९ रन बनायो ।
नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।
सिरिजमा तीन टाेली नेरदरल्यान्ड्स, नेपाल र स्कटल्याण्डकाे समान ४–४ अंक भएपनि स्कटल्याण्डले नेट रनरेटकाे आधारमा सिरिज जितेको हो ।
नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्राे सुपर ओभरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेटले हराएको नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको जित निकालेको थियो । सिरिजको अन्तिम खेलमा स्कटल्यान्डससँँग ३४ रनले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण