शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मानसरोवर जाने पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह

आइतबार, २२ असार २०८२, १० : ५६
आइतबार, २२ असार २०८२

सारांश

  • रास्वपा सांसद शिशिर खनालले मानसरोवर जाने पर्यटकको भिसा प्रक्रिया सरल बनाउन माग गरे।
  • उनले चीनको भिसा ढिलाइले नेपालमा ३ हजार पर्यटक अलपत्र परेको बताए।
  • सांसद खनालले पहिले ४ दिनमा आउने भिसा अहिले १२ दिनसम्म पनि नआएको बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी  पर्यटकहरूको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् । आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । 

उनले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवर जानका लागि नेपालमा मानिसहरू आएको उल्लेख गरे । चीनको भिसा प्रक्रियाको ढिलाइका कारण तीन हजार विदेशी पर्यटकहरू नेपालमा अलपत्र रहेको भन्दै उनले भिसा सरलीकृत गरिदिन सरकारसँग आग्रह गरे । 

सांसद खनालले मान सरोवरका लागि पहिला ४ दिनमा भिसा आउने गरे पनि अहिले १२ दिन बितिसक्दासमेत भिसा नआएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप