‘मिस टिन अर्थ’मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस
बुधबार, १४ साउन २०८२, १८ : ५५
काठमाडौंँ । १९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।
भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म आयोजना हुने यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो ।
‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन् प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन् । उनले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् ।
प्रतियोगिताका लागि प्रिन्सेसको तयारीमा पविन्द्र श्रेष्ठले मार्गदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउने उदेश्य आफ्नो रहेको उनले बताइन् । कोरियोग्राफी र स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण